Logo

एमालेको मतदानमा २११४ मत खस्यो



Spread the love

१४ मंसिर, काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा २११४ मत खसेको छ । निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले कुल २१५३ मतदातामध्ये २११४ मत खसेको बताए।

एमालेको नयाँ नेतृत्व चयनका लागि बिहानदेखि मतदान भएको थियो भने अब मतदान सकिएसँगै मतगणनाको तयारी भइरहेको छ ।

एमालेको नयाँ नेतृत्वमा केपी शर्मा ओली र भीम रावल प्रतिस्पर्धामा छन् । ६ वटा पद भएको उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, घनश्याम भुसाल, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली भिड्दैछन् ।

प्रतिक्रिया दिनुहोस्