Logo

सर्वोच्च अदालतमा पहिलोपटक गोलाप्रथाबाट तोकियो १० इजलास



Spread the love

१५ मंसिर, काठमाडौँ । आजबाट सर्वोच्च अदालतमा गोला प्रणालीबाट पेसी तोकिएको छ। पहिलो दिन दुईवटा एकल इजलाससहित कुल १० वटा इजलास गठन भएका छन्।

न्यायाधीशहरु मीरा खड्का र डा कुमार चुडालको एक इजलास गठन हुँदा दीपककुमार कार्की र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकुमार कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ।

त्यस्तै, विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, अनिता कुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको हो।

प्रतिक्रिया दिनुहोस्