Logo

ओरालो लाग्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

१५ मंसिर, काठमाडौँ । बुधबार सुनको मूल्यमा गिरावट आएको छ । आज चार सयले घटेर तोलाको ९१ हजार पाँच सयमा कायम गरिएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

हिजो सुन तोलामा ९१ हजार ९ सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पाँच रुपैयाँले घटेर १२ सय रुपैयाँमा पुगेको महासंघले जनाएको छ।

मंगलबार चाँदी १२ सय ५ रुपैयाँमा कारोबार भइरहेको थियो।

प्रतिक्रिया दिनुहोस्