Logo

कोभिशिल्डको थप ९ लाख ७२ हजार डोज खोप नेपाल आउदैँ



Spread the love

१५ मंसिर, काठमाडौँ । कोभिड १९ विरुद्धको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप नेपाल ल्याइदैछ । सेरम इस्टिच्युट अफ इन्डियाले उत्पादन गरेको ९ लाख ७२ हजार डोज कोभिशिल्ड खोप बुधबार काठमाडौँ ल्याउन लागेको हो।

आज दिउँसो २ः३५ को कतार एयरबाट उक्त खोप नेपाल ल्याउन लागेको स्वास्थ्य विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्