Logo

बायर्न र बार्सिलोनबीचको खेल बन्द रंगशालामा हुने



Spread the love

एजेन्सी । च्याम्पियन्स लिगअन्तर्गत समूह चरणको अन्तिम खेलमा बायर्न म्युनिख र बार्सिलोनाबीच प्रतिस्पर्धा हुदैँछ । ८ डिसेम्बरमा बायर्न म्युनिखको घरेलु मैदान एलिएन्ज एरिनामा हुने खेल बन्द रंगशालामा हुने भएको छ ।

पछिल्लो समय जर्मनीमा कोरोना संक्रमण दर बढ्दै गएपछि जर्मन सरकारले खेलकुदलाई बन्द रंगशालामा गर्ने योजना बनाएको हो ।

संक्रमण दर उच्च बनेपछि खाली स्टेडियममा खेलकुद गर्न माग आउन थालेपछि बाभेरियाका गभर्नर मार्कस साडरले अब समर्थकलाई रंगशालामा अनुमति नदिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्