Logo

मन्त्रीहरुलाई अनुमतिविना विदेश भ्रमणमा नजान प्रधानमन्त्रीको आग्रह



Spread the love

१५ मंसिर, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संघीय मन्त्रीपरिषद्का सदस्यहरूलाई अनुमतिविना विदेश यात्रा नगर्न निर्देशन दिएका छन् । उनले आफूले पनि स्वास्थ्य सङ्कटलाई मध्यनजर गर्दै विदेश भ्रमण नगरेको स्थानीय सञ्चार माध्यमहरूग बुधबार बताए ।

‘द एक्सप्रेस ट्रिब्युन’ काअनुसार विश्वव्यापी जलवायु शिखर सम्मेलनको लागि राष्ट्रिय सभा सदस्य (एमएनए) रियाज फट्यानाको ग्लासगो यात्रा र कलहका आरोपहरू मन्त्रीपरिषद् बैठकमा छलफलका लागि आएका विषयहरूमध्ये एक थियो ।

प्रधानमन्त्रीले आँफूले विदेश भ्रमण नगरेको बताउँदै आफ्नो मन्त्रालयका मन्त्रीहरु पनि यस्ता भ्रमणबाट टाढै बस्नु राम्रो हुने बताएका हुन् ।

सूचना मन्त्री फवाद चौधरीले मन्त्रीहरूभन्दा पनि एमएनए र सिनेटरहरू विदेश जाने गरेको पनि भनाइप्रति धारणा राख्दै खानले सरकारी एमएनए र सिनेटरसमेत विदेश भ्रमणमा जानका लागि यो उपयुक्त समय नभएको बताएका थिए ।

प्रधानमन्त्री खानले भने,“सरकारी कामकाज हाम्रो लागि पहिलो प्राथमिकता हुनुपर्छ ।”

द न्युज इन्टरनेसनलका अनुसार कोभिड–१९ को ओमिक्रोन सङ्क्रमणको खतराप्रति चिन्तित पाकिस्तानले विश्वव्यापी खतराको प्रतिरोध गर्न नयाँ खोप योजनाको घोषणा गरेको छ । जसअन्तर्गत रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसहरू, स्वास्थ्यकर्मीहरू र ५० वर्षभन्दा बढी उमेरकाहरूलाई अतिरिक्त खोप दिइने योजना पाकिस्तान सरकारले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्