Logo

२४ देशमा फैलियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन



Spread the love

एजेन्सी । दक्षिण अफ्रिकामा देखिएको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन अहिले विश्वका विभिन्न मुलकमा तिब्र गतिमा फैलिरहेको छ । धेरै जसो देशमा दक्षिण अफ्रिकालगायत अन्य देशबाट आएका व्यक्तिबाट नयाँ भेरियन्ट फैलिएको हो ।

इजरायलमा बसमा यात्रा गरी फर्किएका एक व्यक्तिमा भेरियन्ट देखिएको छ । त्यस्तै, केही दिनअघि अमेरिकामा देखिएको अ‍ोमिक्रोन पछिल्लो पटक दक्षिण कोरियामा देखिएको छ ।

बोत्स्वाना, बेलायत, जर्मनी, नेदरल्यान्ड्स, डेनमार्क, बेल्जियम, इटाली, चेक रिपब्लिक, अस्ट्रिया, स्वीटजरल्यान्ड, फ्रान्स, पोर्चुगल, स्पेन, स्वीडेन, हङकङ, अस्ट्रेलिया, जापान, क्यानडा र ब्राजिल नर्वे ‌अ‍ायरल्यान्डमा पनि नयाँ भेरियन्ट देखिएको छ ।

नयाँ भेरियन्ट को प्रभावबारे वैज्ञानिकहरुले अनुसन्धान गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्