Logo

सुन्दरहरैँचा र रतुमाईका मेयर कांग्रेस सचिवमै पराजित



Spread the love

१६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत मोरङमा भएको चुनावमा दुई मेयर सचिबमा पराजित भएका छन् । संस्थापन पक्षबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल र रतुवामाई नगरपालिकाका मेयर रविन राई पराजित भएका हुन् ।

सचिवमा संस्थापन समूहबाट उठेका सुन्दरहरैँचा नगरपालिकाका मेयर ढकालले १ हजार ८४ मत प्राप्त गरे । संस्थापनइतर समूहबाट बागी उठेका रतुवामाई नगरपालिकाका मेयर राईले ४५५ मत मात्र पाए ।

जिल्ला सचिवमा संस्थापनइतर समूहका मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । जिल्ला उपसभापतिमा संस्थापनइतर पक्षबाट नागेश कोइराला र भक्तिनाथ माझी थारू निर्वाचित भए ।

प्रतिक्रिया दिनुहोस्