Logo

लकडाउनमा बन्द भएका सबै क्षेत्र खुल्दा पनि तम्घासको हाटबजार खुलेन, किसान र उपभोक्ता मर्कामा



Spread the love

१६ मंसिर, गुल्मी । किसानको बारीमै पुगेर कृषी उपज किन्ने र आँफैले हाटबजारमा बेच्ने गरी रेसुंगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाट बजार विगत ९ महिना देखी बन्द छ ।

कोरोना भाइरसका कारण बन्द भएका अन्य सबै क्षेत्र खुल्दा समेत हाट बजार अझै सञ्चालनमा आउन सकेको छैन । हाट बजार सञ्चालनमा नआउँदा बजारमा तकरकारीको मुल्य वृद्धी भएको छ भने व्यापारीको मनोमानि समेत बढे्को छ । अहिले सदरमुकाम तम्घास बजारमा व्यापारीले आँफु खुसी मूल्य निर्धारण गरी कृषी उपज बेचिरहेका छन् भने अनुगमन गर्ने निकाय मौन छ ।

तम्घासका चोक र पसलै पिच्छे दैनिक उपभोग्य तरकारीहरु प्याज, टमाटर, आलु, धनियाँ र खुर्सानी लगायतका कृषी उपजका वस्तुहरुको मुल्य फरक फरक रहेको छ ।

हाट बजारमामा किसानले अन्त भन्दा ३५ प्रतिशतसम्म सस्तोमा कृषि उपज खरिद गर्न पाउँथे । तर, लामो समयसम्म हाटबजार बन्द हुँदा महंगोमा तरकारी किन्न बाध्य भएको स्थानीय पार्वती ठकुरीले बताइन् । हाट बजार सञ्चालनमा नआउँदा उपभोक्ता मात्रै नभइ किसान पनि उत्तिकै समस्यामा परेका छन् ।

रेसुंगा नगरपालिकाका ११ का प्रेम कुँवरले भने, “पहिला नगरपालिकाले घरमै आएर तकारी लैजान्थ्यो तर अहिले धेरै भयो नगरपालिका आएको छैन् । तरकारीले राम्रो भाउ पाउन सकेन, कतिपय तरकारी बारीमै कुहिन थाल्यो ।”

यता नगरपालिकाले भने रेसुंगा नगरपालिकाका भित्रका किसानले उत्पादन गरेको तरकारी किन्ने गरेको बताउFदै यहाँका किसानले उत्पादन गरेको तरकारी अझै बेच्ने नभएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले बताए ।

निमार्ण सुरु गरिएको पाँच वर्ष पछि १ करोड ५० लाखको लगानीमा सम्पन्न भएको शित भण्डारण सहितको हाट बजार किसान र उपभोक्ताले सोचे अनुरुप अगाडी बढ्न सकेको छैन ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्