Logo

देशभर २४६ जनामा कोरोना संक्रमण, कतिले जिते कोरोना ?



Spread the love

१७ मंसिर, काठमाडाैँ । शुक्रबार मुलुकभर थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ती व्यक्तिहरूमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६४०० पिसिआर र १४३६ जनाको एन्टिजेन परीक्षण गर्दा २४६ जनामा संक्रमण पुष्टि भएको हो ।

शुक्रबार देशभर ३४७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्