Logo

संसद् चल्न दिँदैनाैँ : केपी ओली



Spread the love

१७ मंसिर, काठमाडाैँ । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले संसद् बैठक चल्न नदिने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा दोस्रो कार्यकालका लागि अध्यक्षको पदभार ग्रहण गर्दै उनले एमालेले निष्काशन गरेका सांसदहरू राखेर संसद् चल्न नदिने बताएका हुन् ।

ओली भने, ‘व्यवस्थापिका २८ गते बोलाइएको छ । किन बोलाइएको हो ? अब त्यहाँ सरकारी पक्ष प्रस्तुत भएपछि थाहा होला । तर हामीले निष्कासन गरेका व्यक्तिहरू संसदभित्र राखेर बैठक कसरी चल्न सक्छ ? निमयले गैरसांसदलाई सभामा बस्न दिँदैन । हामीले पार्टीबाट साउन २५ गते नै निष्कासन गरिसकेका व्यक्तिहरू फेरी २८ गते आउँछन् भने त्यो कुरा हामीलाई स्वीकार्य हुन सक्दैन । हामीले भन्दै आएका छाैँ–सभामुखजी सत्ता पक्षीय गठबन्धनसँग अनुचित, अपवित्र गठबन्धन गरेर एमालेका विरुद्ध लाग्नुभएको छ । निष्पक्ष रहनुपर्ने सभामुखको पद निष्पक्ष देखिएन । महँगी बढेको छ, नागरिकले अरू समस्या भोगिरहनुपरेको छ । काेभिड–१९ काे नयाँ भेरियन्टकाे जाेखिम छ । अनेक समस्या छ, त्यतातिर सरकारको ध्यान गएको छैन ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गतेका लागि संसद् बैठक आह्वान गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्