Logo

करिश्मा मानन्धर र रचना रिमालले पास गरे कक्षा १२, कसले कति ल्याए जिपिए ?



Spread the love

१७ मंसिर, काठमाडाैँ । अभिनेत्री करिश्मा मानन्धर कक्षा १२को परीक्षामा उत्तीर्ण भएकी छिन् । शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजामा उनी उत्तीर्ण हुन सफल भएकी हुन् ।

उनले २.४१ जिपिए ल्याउन सफल भएकी छिन् । त्यस्तै, दुई विषयमा उनले ए प्लस समेत ल्याएकी छिन् ।

गत भदाैमा सञ्चालन भएको कक्षा १२ को नतिजा शुक्रबार बोर्डले सार्वजनिक गरेको छ । जसअनुसार तीन लाख ७४ हजार १५ परीक्षार्थीमध्ये ७ हजार ३६ जनाले ‘ए’ प्लस ग्रेड ल्याएको, ४८ हजार २३९ जनाले ‘ए’ ग्रेड ल्याएको, ७० हजार एक जनाले ‘बी’ प्लस र ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’ ग्रेड ल्याएका छन् । ‘सी’ प्लस ग्रेड परीक्षार्थी ७५ हजार ८८ जना र ‘सी’ ग्रेड ल्याउने २४ हजार ५१५ परीक्षार्थी रहेका छन् ।

त्यसैगरी, अहिलेकी चर्चित गायिका रचना रिमालले पनि कक्षा १२ उत्तीर्ण गरेकी छिन् । उनले ३.४४ जिपिएका साथ कक्षा १२ उत्तीर्ण गरेको फेसबुकमार्फत जानकारी दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्