Logo

ए डिभिजन लिग – दबाबमा रहेको आर्मीलाई ब्रिगेड ब्वाइजको चुनौति



Spread the love
तस्बिर – एन्फा

१९ मंसिर, काठमाडौँ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज एक खेल मात्र हुँदैछ । दशरथ रङ्गशालामा बेलुका पौने पाँच बजे ब्रिगेड ब्वाइज क्लब र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुदैँछ।

ब्रिगेड ब्वाइज दुई खेलमा ४ अङ्क जोडेर चौथो स्थानमा छ भने आर्मी दुई खेलमा २ अङ्क जोडेर नवौँ स्थानमा रहेको छ ।

त्रिभुवन आर्मी र ब्रिगेड ब्वाइजले ‘ए’ डिभिजन लिगमा यसअघि आठ खेलमा प्रतिस्पर्धा गरेका छन् । सबै खेलको नतिजा आर्मीको पक्षमा छ । दुबै टोलि जित निकाल्ने रणनीतिका साथ मैदान उत्रनेछ ।

प्रतिक्रिया दिनुहोस्