Logo

देशभर थपिए २०५ कोरोना संक्रमित, ४३६ जना निको भए



Spread the love

१९ मंसिर, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ७४७ जना मध्य ७ हजार ९९५ जनाको पिसिआर परीक्षण र २७५२ जनाको एन्टिजेन परीक्षण गर्दा २०५ जना संक्रमित थपिएका हुन्।

४३६ जना निको समेत भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमणबाट १ को मृत्यु भएको छ।

त्यस्तै, काठमाडौं उपत्यकामा १०३ संक्रमित थपिएका छन्। जसमध्य काठमाडौंमा ६३, ललितपुरमा ३४ र भक्तपुरमा ६ संक्रमित छन्।

प्रतिक्रिया दिनुहोस्