Logo

कुन फेसमा कस्तो हेयरस्टाइल बनाउने ?



Spread the love

सुन्दर र आर्कषक देखिने रहर जो कोहीमा हुने गर्छ । प्राय जसो महिला दिदिबहिनीहरु आफु कसरी अरु भन्दा भिन्न देखिने होडबाजी हुने गर्छ । अहिले विबाहको सिजन रहेको छ ।

यस सिजनमा हामीलाई आफ्न्तीहरुको बिबाहमा सहभागी हुने निमन्त्रना आउन थालेसँगै महिलाहरुलाई ड्रेसप लगायत श्रृंगारको चिन्ता हुने गर्छ । विशेषत: श्रृंगार अन्तर्गत हेयरस्टाइल कस्तो बनाउने भन्ने तनाब हुन थाल्छ ।

त्यसैबिच हामी तपाईहरुलाई आफ्नो फेस अनुरुप कस्तो हेयरस्टाइल बनाउँदा उपयुक्त्त हुन्छ भन्नेबारे चर्चा गर्दैछौँ ।
-राउण्ड फेस
राउण्ड फेस भएको मान्छेलाई कपाल स्ट्रेट गर्दा नै राम्रो हुन्छ ।
-अलिक लाम्चो अनुहार
लाम्चो अनुहार भएकालाई वेभी हेयर स्टाइल हुन्छ । लाम्चो अनुहार भएकाहरुले बढी यस्तै डिजाइन बढी उपयुक्त मान्छन् ।
-कामकाजी महिलाका लागि
हरेक दिन काममा जानुपर्ने महिलाहरुले कपाल कलर गराउनु हुन्छ भने हल्का लाइट र कपालको डिजाइन स्ट्रेट खालको बनाउनु राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्