Logo

नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई चार वर्षको जेल सजाय



Spread the love

एजेन्सी । म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता आङ सान सुकीलाई अदालतले चार वर्षको जेल सजाय सुनाएको छ। सोमबार एक अदालतले ७६ वर्षीया प्रजातन्त्रवादी नेतृ सुकीलाई चार वर्ष जेल सजाय सुनाएको हो।

उनलाई सेनाविरूद्ध नागरिकलाई भड्काएको, कारोना रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा दोषी ठहर गर्दै जेल सजाय सुनाएको हो।

उनीमाथि सेनाले भ्रष्टाचार गरेको, गैरकानुनी रूपमा वाकीटकी राखेको लगायत धेरै आरोप लगाएको छ।

प्रतिक्रिया दिनुहोस्