Logo

काठमाडौं उपत्यकामा थपिए १२२ कोरोना संक्रमित, २ जनाको मृत्यु



Spread the love

२१ मंसिर, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२२ जनामा कारोना संक्रमित थपिएका छन् । जसमध्य काठमाडौंमा ८२ जना, भक्तपुरमा ९ जना र ललितपुरमा ३१ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा २७२ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ३८६ नमुना परीक्षण मध्य २ हजार ४२४ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४३ जनामा संक्रमण पुष्टि भएको छ ।

सो अवधिमा अवधिमा ३०४ जना निको भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ।

२ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संखया ११ हजार ५४५ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्