Logo

संस्थापन टीमले काट्यो निधिको नाम, देउवा पक्षीय बैठक सुरु



Spread the love

२२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादर देउवा निवास बुढानीलकण्ठमा देउवा पक्षीय नेताहरूको बैठक सुरु भएको छ । बिहान ९ बजेका लागि बोलाइएको बैठक भर्खरै सुरु भएको हो ।

१४ औं महाधिवेशनमा सभापतिमा उठ्ने तयारीमा रहेका देउवाले पदाधिकारीका विषयमा छलफल गर्न लागेका हुन् । छलफलपछि पदाधिकारीसहितका उमदेवारको टुंगो लगाउने तयारी रहेको बताइएको छ ।

त्यस्तै, महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका विमलेन्द्र निधि संस्थापन टीमबाट औपचारिकरुपमै ‘आउट’ भएका छन् । पार्टी सभापति देउवाले महाधिवेशनमा आफ्नो पक्षको प्यानल तय गर्न बोलाएको बैठकमा उपासभापति विमलेन्द्र निधिलाई नबोलाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्