Logo

बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

२२ मंसिर, काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर ९२ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

सुन मंगलबार ९१ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी मंगलबार प्रतितोला ११९० रुपैयाँमा कारोबार भएकोमा आज १२ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्