Logo

देशभर २३६ जनामा कोरोना संक्रमण, थप कतिको मृत्यु ?



Spread the love

२५ मंसिर, काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ५ हजार ६ सय ७२ जनाको पीसीआर परीक्षण गर्दा १९४ जना र ३ हजार ५ सय ६ जनाको एन्टिजेन परीक्षण गर्दा ४२ जना गरी २३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या ८ लाख ६ हजार ५४४ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५५३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्