Logo

कांग्रेस महाधिवेशन – उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो



Spread the love

२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइएको छ । यसअघि बिहान साढे ११ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको थियो।

अब साढे १२ बजेसम्म उम्मेदवारी फिर्ताको समय थप गरिएको निर्वाचन समितिले जानकारी दिएको छ ।

समितिका अनुसार दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्