Logo

कांग्रेस महाधिवेशन – मत माग्न व्यस्त प्रधानमन्त्री देउवा, खाना पनि खाए प्रतिनिधिसँगै



Spread the love
तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय।

२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एबम् शेरबहादुर देउवा १४ औँ महाधिवेशनस्थल भृकुटीमण्डप पुगेर प्रतिनिधिसँग छलफल गरेका छन्। आज बिहानदेखि भृकुटीमण्डपमा रहेर देउवाले प्रतिनिधिहरु एवं कांग्रेसका नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरी आफूलाई मत मागेका थिए।

साथै, देउवाले काठमाडौँमा चिसो बढेकाले स्वास्थ्यको ख्याल गर्न र कोरोना सङ्क्रमणबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउन पनि सुझाव दिए।

उनले आज बिहानको खाना पनि महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर खाएका थिए।

प्रतिक्रिया दिनुहोस्