Logo

गाउँपालिका केन्द्रको शिरमा बन्यो सुन्दर हेलिप्याड



Spread the love

२८ मङ्सिर, गुल्मी । मालिका गाउँपालिकामा हेलिप्याड निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर ४ अर्खबाङको देउराली डाँडा नजिकै हेलिप्याड निर्माण गरिएको हो ।

विपद प्रतिकार्य योजना स्वरुप हेलिप्याडको निर्माण गरिएको गाउँपालिकाका सुचना अधिकृत जगत पौडेलले बताए । १ सय ७६ वर्ग मिटर क्षेत्रफलमा हेलिप्याड निर्माण गरिएको छ भने हेलिप्याड परिसरले ५ सय २८ वर्ग मिटर क्षेत्रफल ओगटेको छ । 

आठ लाख ७९ हजार तीन सय ४५ रुपैयाँ लागतमा अत्याधुनिक प्रविधिसहित रात्रिकालीन उडान र अवतरण हुने गरि हेलिप्याड निर्माण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक भण्डारीले बताए । 

आर्थिक वर्ष २०७७ र ०७८ मै सम्पन्न हुनुपर्ने योजना कोभिडका कारण यो वर्ष सम्पन्न भएको हो । प्राकृतिक विपत्तिको सामना र विपत्तिपछिको सहज राहत तथा उद्धारको लागि हेलिप्याड निर्माण गरिएता पनि निर्माणाधीन मालिका पिस पार्क र प्याराग्लाइडिङ उडान गरिने क्षेत्रसङै रहेकाले पर्यटन पर्वद्धनमा पनि टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्