Logo

कांग्रेसको मतगणना – थापाको अग्रता कायमै, विश्वप्रकाशले पछ्याउँदै गगनलाई



Spread the love

१ पुस, काठमाडौँ । नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन अन्‍तर्गत अहिले महामन्त्रीको मतगणना जारी छ । महामन्त्रीको मतगणनामा गगन फराकिलो अग्रता बनाएका छन् ।

९०० मत गन्दा थापाले ५५९ मत पाएका छन् भने विश्वप्रकाश शर्माले ३५७ मत पाएका छन् । प्रदीप पौडेलले ३०० , प्रकाशशरण महतले २९७, मिनेन्द्र रिजालले १५३ र डाक्टर राजाराम कार्कीले ३१ मत पाएका छन् ।

काँग्रेस महामन्त्रीमा दुई जना महामन्त्रीका लागि ६ जनाबीच प्रतिस्पर्धा हुँदा एक मतदाताले २ जनालाई भोट हाल्न पाउँछन् ।

प्रतिक्रिया दिनुहोस्