Logo

काठमाडौंको तापक्रम १.२ डिग्रीले घट्यो, शुक्रबारदेखि चिसो अझै बढ्ने



Spread the love

१ पुस , काठमाडौँ । काठमाडौंसँगै देशका अन्य ठाउँमा पनि चिसो बढेको छ। बिहीबार काठमाडौं उपत्यकाको न्युनतम तापक्रम १.२ डिग्री सेल्सियसले घटेको छ। बिहीबार ३ डिग्री मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबारको न्युनतम तापक्रम ४.२ थियो । बिहीबार जुम्लाको न्यूनतम तापक्रम माइनस ५.७ डिग्री पुगेको छ। शुक्रबारदेखि चिसो अझै बढ्ने महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्