Logo

काठमाडौं उडेको बुद्ध एयरको जहाज भरतपुरमा आकस्मिक अवतरण



Spread the love

१ पुस, काठमाडौँ । भरतपुरबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज भरतपुरमा आपत्कालीन अवतरण गरिएको छ। उडान भरेको केहीबेरमै बायाँ इन्जिनमा प्राविधिक समस्या भएपछि फेरि भरतपुरमै अवतरण गरिएको हो ।

दिउँसो एक बजेर १६ मिनेटमा आकाशमा उड्नेबित्तिकै बीचक्राफ्ट जहाज नाइन एन एईई को उडान नम्बर ३६० जहाजमा प्राविधिक समस्या देखिएको थियो।

१९ यात्रु र ३ जना विमान क्रु रहेको जहाजमा तत्काल भरतपुरमा अवतरण गरिएको बुद्ध एयरले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्