Logo

प्रदेश–१ मा १६ जनामा कोरोना सङ्क्रमण



Spread the love

२ पुस, काठमाडाैँ । प्रदेश–नं १मा पछिल्लो २४ घण्टामा १६ जनामा कोरोना सङक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार २५५ को पीसीआर परीक्षण गर्दा १५ र १८९ को एन्टिजेन परीक्षण गर्दा एक जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा आठ, सुनसरीमा चार, झापामा दुई र धनकुटामा एक जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा चार, कटहरीमा दुई, सुन्दरहरैचा, धनपालथानमा एक÷एक, सुनसरीको इटहरीमा चार, झापाको शिवसताक्षी, कमल गाउँपालिकामा एक÷एक र धनकुटाको पाख्रिबासमा एक जनामा सङ्क्रमण देखिएको हो । सोही अवधिमा आठ महिलासहित १७ सङ्क्रणमुक्त भएका छन् भने एक पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्