Logo

ए डिभिजन लिग – बीबीसीलाई कमजोर शेर्पाको चूनौति



Spread the love

४ पुस, काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज एक खेल मात्र हुदैँछ । पाँचौ चरणको तेस्रो दिन हिमालयन शेर्पा क्लबले ब्रिगेड ब्वार्ईज क्लब (बीबीसी) सँग प्रतिस्पर्धा गर्दैछ ।दशरथ रंगशालामा हुने खेलमा साँझ पौने ५ बजे सुरु हुदैँछ ।

२ मा जित र २ खेलमा बराबरी खेलेको शेर्पा अन्तिमबाट दोस्रो स्थानमा छ । ब्रिगेड एक जित, एक हार र दुई बराबरसहित ५ अंक बनाएर आठौं स्थानमा छ ।

जारी लिगमा शेर्पाले सोचेअनुरुप प्रदर्शन गर्न सकेको छैन । यता, बीबीसीले सामान्य प्रदर्शन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्