Logo

केरलमा तनाव, १२ घण्टाभित्र दुई नेताको हत्या



Spread the love

एजेन्सी । भारतको केरलमा १२ घण्टाको फरकमा दुई जना नेताको हत्या भएको छ। केरलको अलापुझा जिल्लामा आइतबार बिहान भारतीय जनता पार्टी (भाजपा) का नेता रञ्जीत श्रीनिवासको हत्या भएको हो।

शनिबार राति मात्रै सोसल डेमोक्रेटिक पार्टी अफ इन्डिया (एसडीपीआई)का नेता एस शानको हत्या भएको थियो।

भाजपा नेता श्रीनिवास मर्निङवाकमा निस्कन लागेका बेला उनको घरमै उनीमाथि हमला भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अवस्था तनावपूर्ण बनेपछि अहिले अलापुझा जिल्लामा धारा १४४ लागू गरिएको छ।

प्रतिक्रिया दिनुहोस्