Logo

मन्त्री झाँक्रीले बल्ल दिइन् थापा र शर्मालाई बधाई



Spread the love

काठमाडौँ । नेपाली कांग्रेसको महामन्त्री पदमा निर्वाचित गगन थापा र विश्वप्रकाश शर्मालाई नेकपा एकीकृत समाजवादीकी नेता एवं सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले बल्ल बधाई दिएकी छन्। महामन्त्री पदमा गत बिहीबार विजयी भएका थापा र शर्मालाई झाँक्रीले आज बधाई दिएकी हुन्।

‘हार्दिक बधाई ! मित्र गगन कुमार थापा र दाई विश्व प्रकाश शर्मालाई’, मन्त्री झाँक्रीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘यहाँहरूको जित नेपाली राजनीतिमा पुस्तान्तरणको लागि जबरजस्त दबाब हो।’

प्रतिक्रिया दिनुहोस्