Logo

इरानमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन



Spread the love

एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन इरानमा पनि देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको छ ।

युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनले बताएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजनामाथि समेत निगरानी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्