Logo

३५ वर्षीय युवा नेता बने चिलीका राष्ट्रपति



Spread the love

एजेन्सी । दक्षिण अमेरिकी देश चिलीको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक नियुक्त भएका छन्।उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन् ।

हिजो भएको राष्ट्रपतीय चुनावमा ३५ वर्षका युवा नेता बोरिकले ५६ प्रतिशत मत पाए भने कास्तले ४४ प्रतिशत मत प्राप्त गरेका थिए ।

बोरिकले आफू गम्भीर चुनौतीको सामना गर्न तयार रहेको बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थी नेता समेत हुन्।

प्रतिक्रिया दिनुहोस्