Logo

आरआर क्याम्पसमा चिट चोर्न रोक्दा प्राध्यापकमाथि कुटपिट



Spread the love

६ पुस, काठमाडौं । चिट चोर्न नदेको भन्दै रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर)मा आज प्राध्यापक प्रकाश पुडासैनीमाथि कुटपिट भएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । सात टाँका लगाइएको छ ।

घटनाबारे आरआर क्याम्पसका प्राध्यापक ऋषिकेश दाहालले ट्विट गर्दै भनेका छन्, “चिट चोर्न रोक्दा आरआर कलेजमा शिक्षक प्रकाश पुडासैनीमाथि आक्रमण भएको छ । उहाँको टाउकोमा सात टाँका लगाउनपरेको छ । यसभन्दा लज्जाको विषय के होला रु कस्तो शिक्षा दिइरहेका छौँ हामीले ?”

प्रतिक्रिया दिनुहोस्