Logo

ट्रकको ठक्करबाट ४० वर्षीय यामनाथको मृत्यु



Spread the love

६ पुस, झापा । पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मे १ ख १९५२ नं को ट्रकले ठक्कर दिँदा सोमबार राति उनि घाइते भएका थिए ।

घाइते रायको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर–३ का रोशन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्