Logo

हराइरहेकी महिलाको शव पोखरीमा फेला



Spread the love

६ पुस, महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका– ३ बरदाहा गाउँ बस्ने एक महिला चार दिनदेखि हराइरहेकामा सोमबार साँझ पोखरीमा शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय फजेल राईनकी पत्नी २२ वर्षीया रुक्साना खातुन गत शुक्रबारदेखि घरबाट हराएकी थिइन् ।

उनी घरबाट हराएपछि परिवारले प्रहरी चौकीमा गरेपछि उनको खोजी भइरहेकोे थियो । शव घर नजिकैको पोखरीमा तैरिइरहेको अवस्थामा फेला पारिएको हो । पानीमा चार दिनसम्म ढाडिएकाले शवको घाउखत स्पष्ट नदेखिएको र शङ्कास्पद मृत्यु भन्दै प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्