Logo

चिसो बढ्यो, यसरी गर्नुहोस् आफ्ना बालबालिकाको हेरविचार



Spread the love

एजेन्सी । चिसो मौसममा प्राय: बालबालिकाहरुलाई रुघाखोकी, घाँटीको समस्या र निमोनिया जस्ता समस्याले सताउने गर्दैछ । ती बालबालिकामा विशेषगरी रातिको समयमा नाक बन्द हुने, छाती घ्यारघ्यार हुने, ज्वरो आउने जस्ता लक्षण धेरै देखिने गरेको छ ।

बालबालिकामा जाडोका कारण विभिन्न स्वास्थ्य समस्या देखिए पनि साबिकको जस्तो खाना खाइरहेका छन्, अरू समयमा जस्तै खेल्ने, चल्ने गरिरहेका छन् भने यस्तो अवस्थामा आत्तिनु पर्दैन । रातिको समयमा नाक बन्द भएमा मनतातो पानीमा कपास भिजाएर नाक सफा गरिदिनुपर्छ । त्यस्तै, नुनपानीमा नरम कपडा भिजाएर पनि सफा गरिदिन सकिन्छ ।

उनीहरूलाई घरमै पाकेको खानेकुरामा जोड दिनुपर्छ । पकाएको ताजा खानेकुरा र फलफूलले उनीहरूलाई फाइदा पुर्‍याउँछ ।

प्रतिक्रिया दिनुहोस्