Logo

क्रिकेट खेलाडीमाथि भएको कारबाही फिर्ता गर्न क्यानका ६ सदस्यको माग



Spread the love

७ पुस, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले खेलाडीमाथि गरिएको कारबाही फिर्ताको माग गरेका छन् । बुधबार पत्रकार सम्मेलन गर्दै ६ बोर्ड सदस्यले राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, कमलसिंह ऐरी र सोमपाल कामीलाई छ महिना सेन्ट्रल कन्ट्याक्टबाट बाहिर राख्ने क्यानको निर्णय फिर्ता लिन माग गरेका हुन्।

यसअघि क्यानको २९ मंसिरको बोर्ड बैठकले कप्तान मल्ल र उपकप्तान दीपेन्द्रलाई पदमुक्त गर्दै २०२१ को सुरुआती ६ महिना केन्द्रीय सम्झौताबाट अलग राख्ने निर्णय लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्