Logo

बागमती प्रदेशसभा बैठकमा पनि एमालेकै अवरोध



Spread the love

७ पुस, काठमाडौँ । बागमती प्रदेशसभा बैठकमा प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । प्रदेशका पूर्वमुख्यमन्त्री रहेका एमाले नेता डोरमणि पौडलले बैठकको सुरुवातामा प्रदेश सरकारले प्रदेशकै बेइज्जत गरेको भन्दै मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध आक्रोश व्यक्त गरेका थिए । उनले बोलेलगत्तै एमालेका सांसदले उभिएर विरोध जनाएका थिए ।

भोलि ११ बजेसम्मको लागि प्रदेशसभाको बैठक स्थगित भएको सभामुख श्रेष्ठले सदनलाई जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्