Logo

निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार बढ्यो, कति पुग्यो ?



Spread the love

८ पुस, काठमाडौँ । नेपाली बजारमा निरन्तर ओरालो लागेको सुनको मूल्य बिहीबार बढेको छ । आज प्रति तोलामा ७०० रुपैयाँले बढेर ९३ हजार ३०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढी एक हजार २६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी एक हजार २४५ रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्