Logo

सेन्ट्रल जोन भलिबल – नेपाली महिला टोलिको लगातार दोस्रो जित



Spread the love

९ पुस, काठमाडौं । एभीसी सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा नेपालले माल्दिभ्समाथि जित हात पारेको छ। बंगलादेशको ढाकास्थित शाहिद सुर्हावर्दी इन्डोअर स्टेडियममा नेपालले माल्दिभ्समाथि ३-० को सोझो सेटमा जित निकालेको हो।

खेलको सुरुवातबाटै हावि भएको नेपालले पहलो सेट २५-११ ले जितेको थियो भने दोस्रो सेट २५-९ र तेस्रो सेट २५-५ ले जितेको थियो।

दुई जितपछि नेपाल ५ अंक जोडेर अंक तालिकामा शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्