Logo

झुन्डिएको अवस्थामा मृत फेला परे प्रहरीका एसएसपी



Spread the love

९ पुस, बुटवल । नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरीक्षक सुशील यादव मृत फेला परेका छन्।

शुक्रबार मध्याह्न संघीय इकाइ प्रहरी कार्यालय भैरहवामा कार्यरत यादव क्वार्टरमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रहरीले उनको मृत्यु संकास्पद भएकाले मृत्युबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्