Logo

देशभर ५०४८ सक्रिय संक्रमित, ३४९ जना निको भए



Spread the love

९ पुस, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ८९८ जनाको नमुना परीक्षण गर्दा २६० जनामा संक्रमण देखिएको हो ।

यसैबीच, थप एक जना संक्रमितको मुत्यु भएको छ । सोही अवधिमा ३४९ जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय संक्रमित ५०४८ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्