Logo

तपाईको घाँटी दुख्यो ? यसो गर्नुहोस्



Spread the love

एजेन्सी । विशेषत: चिसो मौसममा घाँटी दुख्ने समस्याले सबैलाई सताउने गर्दैछ । घाँटी दुख्नु ठुलो रोग त होइन । तर, कहिलेकाहीँ ध्यान नदिदाँ यसले ठुलै रुप लिन सक्छ । आज हामी तपाईलाई सजिलै घरमै घाँटी दुख्ने समस्याबाट छुटकारा पाउने उपाय बताउँछौ ।
कागती र मनतातो पानी
मनतातो पानीमा कागतीको रस र मह मिसाएर पिउँदा पनि घाँटीमा आराम मिल्छ । महमा एन्टी-इन्फ्लेमेटरी र एन्टी-माइक्रोबियल गुण हुन्छ, जसले श्लेष्मलाई खुकुलो बनाउन र खोकी कम गर्न मद्दत गर्छ। अर्कोतर्फ, कागतीले यसको एन्टी-ब्याक्टेरियल र एन्टी-इन्फ्लेमेटरी गुणहरूको कारणले घाँटी दुखाइलाई छिटो निको पार्न मद्दत गर्दछ।
पुदीना चिया
यो चियामा एन्टी-इन्फ्लेमेटरी गुणहरू छन्, जसले सूजनमा मद्दत गर्दछ र घाँटीलाई शान्त पार्न सक्छ। यो चियाको सेवनमा रुघाखोकीका लक्षणहरू कम हुन मदत मिल्दछ ।

प्रतिक्रिया दिनुहोस्