Logo

एसिया कपः नेपालद्वारा कुवेतसामु २४० रनको लक्ष्य प्रस्तुत



Spread the love

काठमाडौँ । एसीसी यू–१९ एसिया कप क्रिकेटअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले कुवेतसामु २४० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

दुबईस्थित आईसीसी एकेडेमी मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपालले ४२.३ ओभरमा सबै विकेटको नोक्सानीमा २३९ रन बनायो ।

नेपालका लागि वसिर अहमेद ५६ रन जोड्दा विवेक मगरले ५० रनको योगदान दिए । त्यस्तै, मोहम्मद आदिल अलामले ४९ रन बनाए।

कुवेतका मिर्जा अहमेद र अब्दुल साकिदले ३–३ तथा हेनरी थोमस र मोहम्मद बासटाकीको नाममा समान २–२ विकेट रह्यो।

यसअघि नै, समूह ‘बी’बाट समूह चरणबाटै बाहिरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्