Logo

साताको अन्तिम दिन बढ्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?



Spread the love

१६ पुस, काठमाडौँ । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य उकालो लागेको छ । आज सुनको मूल्य ६ सयले बढेर ९२ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

बिहिबार सुनको मूल्य ९२ हजार एक सयमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर तोलको १२ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ। बिहीबार चाँदी १२ सय ४५ रुपैयाँमा कायम थियो।

प्रतिक्रिया दिनुहोस्