Logo

सरकारले बिदा दिएपछि भारत जाँदै प्रधानसेनापति शर्मा



Spread the love

१७ पुस, काठमाडाैँ । प्रधानसेनापति प्रभुराम शर्मा स्वास्थ्य परीक्षणका लागि भारत जाने भएका छन् । नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस १५ गते बैठकले उनको पुस १८ देखि ३० गतेसम्म बिदा स्वीकृत गर्ने निर्णय गरेको हो ।

उनको अनुपस्थितिमा बलाधिकृत रथी बालकृष्ण कार्कीले कामु प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्