Logo

सुतेको अवस्थामा निसास्सिएर एक जनाको मृत्यु



Spread the love

१७ पुस, दाङ । दाङमा कोइला बालेर सुतेका एक व्यक्तिको निसास्सिएर मृत्यु भएको छ । झ्यालढोका थुनेर कोइला बालेर सुतेका प्यूठान घर भई हाल लमही नगरपालिका–९ अमिलिया बस्दै आएका २९ वर्षीय कुसुम सुनारको मृत्यु भएको हो ।

वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलका अनुसार शुक्रबार राति सुनारका श्रीमान् श्रीमती कोइला बालेर सुतेका थिए । बिहान ४ बजेतिर उनकी श्रीमती उठ्ने बेला उनको मृत्यु भइसकेको थियो । श्रीमतीको पनि रक्तचाप कम भइसकेको अवस्थामा उपचारका लागि अस्पताल लगिएको थियो । उनको अवस्था सामान्य छ ।

उनको शव भने घरभित्रै रहेको छ । प्यूठानबाट घरपरिवार आएपछि मात्रै उठाएर शव परीक्षणका लागि लमही अस्पताल लगिने प्रहरी निरीक्षक पौडेलले बताए । सुनार अमिलियाको शोभा होटलमा खाना बनाउने काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्