Logo

देशभर थपिए २१३ कोरोना संक्रमित, २०९ जना निको भए



Spread the love

१८ पुस, काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा २१३ जनामा कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ५ हजार ९६२ परीक्षणमा २१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २०९ जना संक्रमणमुक्त भएका छन् । यो सँगै निको हुनेको संख्या ८ लाख १२ हजार ४१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट ११ हजार ५९८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्