Logo

गुल्मीको मदाने गाउपालिकाको सिर्सेनी स्वास्थ्य चौकीमा पनि बर्थिङ्ग सेवा सुचारु



Spread the love

चैत्र १५ २०७४ सल्लेरी खबर ।

गुल्मीको मदाने गाउँपालिकाकी ओडा न ३ स्थित सिर्सेनी स्वास्थ्य चौकीमा चैत्र १२ गते सोमबार मात्रै बर्थिङ्ग सेवाको उद्द्घाटन भएको छ । प्रमुख अतिथि मदाने गाउँपालिकाका प्रमुख दान बहादुर केसीले उक्त बर्थिङ्ग सेवाको उद्घाटन गर्नुभएको हो साथै सोही कार्यक्रममा भवन समेत उद्घाटन गरिएको हो । बर्थिङ्ग स्वीकृत भएको १ वर्ष ढिला गरी त्यहाँ बर्थिङ्ग सेवा सुचारु भएको हो । हामीले सिर्सेनी स्वास्थ्य चौकीका अ.हे.व अर्जुन भट्टराई सङ कुरा गर्दा उहाँले समस्याहरूका बारेमा थप चर्चा गर्नुभयो ।

उहाँले सिर्सेनी स्वास्थ्य चौकीको भवन कमसल भएको र उक्त भवनमा काम गर्न असजिलो भइरहेको बताउनुभयो । एम्बुलेन्सको व्यवस्था पनि नभएको र अरू नजिकैबाट एम्बुलेन्स आउन पनि भूगोलले साथ नदिएको जानकारी गराउनुभयो ।

भट्टराईले सिर्सेनी स्वास्थ्य चौकीमा SBA तालिम प्राप्त अनमि रहेको तर अनमि लाई नाइट भत्ता भने नरहेको र त्यो हुनु पर्ने र गाउँपालिकामा नाइट भत्ता बारेमा पहल गर्ने समेत बताउनुभयो । नाइट भत्ता बारेमा आफूलाई आधिकारीक जानकारी समेत नरहेको जनाउनुभयो ।

उहाँले फेरि पनि जोड दिँदै भवन निर्माण गर्दा सस्तोमा बनाउन खोजिएको र यो भवनले काम नदिने समेत बताउनु भयो ।

मदाने गाउँपालिकाका प्रमुख तथा सोही दिनका प्रमुख अतिथि दान बहादुर केसीले एम्बुलेन्स को लागि पहल गरिने कुरा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्