Logo

मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु



Spread the love

१८ पुस, सप्तरी । मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोशी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका–७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका–९ भिमाटोलका २८ वर्षीय हरिशङ्कर चौधरी रहेको छ । दुुवै जना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को २२ प १५५८ नं को मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्काे को २२ प १५५८ नं मोटरसाइकल एक आपसमा ठोक्किँएको थियो । सो दुर्घटनामा परी को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सुभास बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।

त्यस्तै को २२ प १५५८ नं को मोटरसाइकलमा सवार सप्तरी सप्तकोशी नगरपलिका–९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्